भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड

Newslaya Home

भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड

शुक्रबार १६, साउन २०७७

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

बुधबारको तुलनामा बिहीबार झण्डै ३ हजार संक्रमित बढेका भारतमा शुक्रबार पनि करिव ३ हजार संक्रमित थपिदै नयाँ रेकर्ड कायम भएको छ ।

शुक्रबार बिहानसम्म भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका छन् ।

भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कुल संक्रमित संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म १० लाख ५९ हजार ९३ संक्रमणमुक्त भएका छन् भने ५ लाख ४४ हजार ४७१ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७८३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३५ हजार ७८६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।