धरानमा प्रत्येक वडाका १० जनाको पिसिआर परिक्षण गरीने

Newslaya Home

धरानमा प्रत्येक वडाका १० जनाको पिसिआर परिक्षण गरीने

शुक्रबार १६, साउन २०७७

धरान । धरान उपमहानगरपालिकाका सम्पूर्ण वडाका १०/१० जनाको पिसिआर परिक्षण गरिने भएको छ । उपमहानगरपालिकामा बिहीबार बसेको सर्वपक्षिय बैठकले समुदाय स्तरमा कोरोनाको संक्रमण बुझ्न प्रत्येक वडाका १०र१० जनाको पिसिआर परिक्षण गरिने भएको हो ।

व्यक्ति छनौटका लागी नगर प्रमुख तिलक राईको संयोजकत्वमा समिती गठन गर्ने निर्णय भएको धरान उपमानगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताएका छन् । समितीमा विपी प्रतिष्ठानको ४ जना सदस्य, धरान उपमहानगरपालिका स्वास्थ महाशाखाबाट १ जना, ईलाका प्रहरी कार्यलयका प्रमुख, ईलाका प्रशासन कार्यालयका प्रमुख, उधोग वाणिज्य संघ सुनसरीको अध्यक्ष, पत्रकार महासंघको उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी सुनसरीको सभापती सदस्य रहने गरी गठन गरिने भएको हो । उक्त समितीले व्यक्ति छनौट गरी ६ दिनमा पिसिआरको रिपोर्ट आउने गरी काम गरीने निर्णय भएको छ ।

पहिलो चरणमा हरके वडाको न्युनतम १० जना व्यक्तिहरूको पिसिआर टेस्ट गरीने र चुनौती भएको वडाहरूमा आवश्यकता अनुसार त्यस भन्दा बढीको समेत परिक्षण गर्न सकिने उनले बताए ।