अनलाइन कक्षालाई लक्षित गर्दै एनसेलले ल्यायो नयाँ अफर

Newslaya Home

अनलाइन कक्षालाई लक्षित गर्दै एनसेलले ल्यायो नयाँ अफर

बिहीबार १५, साउन २०७७

काठमाडौँ । एनसेल र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यअनुरूप एनसेलले विशेष मासिक योजना प्रदान गर्नेछ । यो योजनामा भ्वाइस, डेटा र एसएमएसमा बन्डलसहितको सेवा लिन सकिन्छ ।

अफरअन्तर्गत विद्यार्थीले २५० (करबाहेक) रूपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स चलाउन मिल्ने गरी २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा प्राप्त गर्न सक्ने एनसेलले जानकारी दिएको छ ।

यसैगरी, सियुजी नम्बरमा कल गर्नका लागि हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम, ५० अन नेट एसएमएस सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।