अब नेपाली खेलकुद सञ्चालनको मोडल ‘नीति सामूहिक, कार्यान्वयन एकल’

Newslaya Home

अब नेपाली खेलकुद सञ्चालनको मोडल ‘नीति सामूहिक, कार्यान्वयन एकल’

बिहीबार १५, साउन २०७७

बिबिसि । राष्ट्रिय खेलकुद परिषद्‌मा फेरि नियुक्त भएपछि सदस्यसचिव रमेश सिलवालले नयाँ खेलकुद ऐनअनुसार खेलकुद नीति सामूहिक नेतृत्वमा चल्ने तर कार्यान्वयन भने एकल हुने बताएका छन्।

भर्खरै कार्यान्वयनमा आएको ‘राष्ट्रिय खेलकुद विकास ऐन २०७७’ मा विशेषगरी खेलकुद परिषद्‍को सदस्यसचिवको अधिकार क्षेत्र कटौती भएको व्याख्या गरिएको बेला उनले भने, ‘नीतिगत रूपमा हेर्ने हो भने अहिले सातसदस्यीय कार्यसमितिले निर्णय गर्छ। तर त्यसको कार्यान्वयन एकल सदस्यसचिवले नै गर्ने हो। त्यसैले कसैलाई केही समस्या पर्दैन।’

नयाँ ऐनका कतिपय बुँदाहरू अस्पष्ट छन्। तर त्यसमा मूलतःराष्ट्रिय खेलकुद परिषद्को कतिपय अधिकार खेलकुद मन्त्रालयअन्तर्गत राख्न खोजिएको बताइन्छ।

यस्तोमा सरोकारवालाहरुले आआफ्नो ढङ्गले अस्पष्ट विषयको व्याख्या गर्न खोजिरहेका छन्।

परिषद्का सदस्यसचिव सिलवालले बीबीसीसँग भने, ‘जसले नयाँ जुत्ता लगाउँछ, उसैलाई घोच्नुपर्छ, दुखाउनुपर्छ। जुत्ता एउटाले लाउने, खुट्टा अर्केको दुख्ने भन्ने हुँदैन।