धरान र इटहरीका दुई पुरुषसहित आज प्रदेश १ मा थपिए १८ जना कोरोना संक्रमित

Newslaya Home

धरान र इटहरीका दुई पुरुषसहित आज प्रदेश १ मा थपिए १८ जना कोरोना संक्रमित

बिहीबार १५, साउन २०७७

इटहरी । सुनसरीमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परिक्षणमा सुनसरीको धरानका एक पुरुष र इटहरीका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

यस्तै, आजै प्रदेश १ मा १८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये मोरङका ८, झापाका ४, सुनसरी, उदयपुर र सोलुखुम्बुका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ९३ पुगेको छ ।

प्रदेश १ मा आज ४२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ३४ पुरुष, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ पुरुष र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।