नेपालमा आज थप २७४ जनामा कोरोना पुष्टि

Newslaya Home

नेपालमा आज थप २७४ जनामा कोरोना पुष्टि

बिहीबार १५, साउन २०७७

काठमाडौं । नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ५४७ पुगेको छ। संक्रमितमध्ये १४ हजार २ सय ४८ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

बिहीबारमात्रै २२७ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।
नेपालमा हिजो (बुधवार) २१० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।