नक्कली सुन र हतियार छोडेर भागेको गाडी फेला

Newslaya Home

नक्कली सुन र हतियार छोडेर भागेको गाडी फेला

बिहीबार १५, साउन २०७७

काठमाडौं । काठमाडौंको कमलादीमा १५ किलो नक्कली सुन र हतियार छोडेर भागेको भनिएको गाडी फेला परेको छ ।

प्रहरी चेकजाँचको क्रममा फरार रहेको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो नख्खीपोटस्थित निर्माणाधीन घरमा लुकाएको अवस्थामा फेला परेको हो ।

घटनामा संग्लन ३ जनासमेत पक्राउ परिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

इलाका प्रहरी कार्यालय दुम्कीबासको टोलीले पूर्वी नवलपरासीबाट देवान पटेल, विजय पटेल र निलेश सखियालाई पक्राउ गरेको हो । उनीहरु भाडाको ट्याक्सी लिएर त्यहाँ पुगेको खुलेको छ ।