अस्पतालमा कार्यरत कर्मचारीमा कोरना पुष्टि भएपछि कोशी अस्पतालको ओपीडी सेवा बन्द

Newslaya Home

अस्पतालमा कार्यरत कर्मचारीमा कोरना पुष्टि भएपछि कोशी अस्पतालको ओपीडी सेवा बन्द

बिहीबार १५, साउन २०७७

मोरङ । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरस्थित कोशी अस्पतालले ओपीडी सेवा बन्द गरेको छ ।

अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीका अनुसार अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए ।

अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालले सुरक्षित रहनका लागि सेवा बन्द गरिएको हो । कम्तीमा पाँच सय कर्मचारी रहेको अस्पतालका चारजना कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ ।

एक चिकित्सक, एक नर्स, एक अनमी र पिपिए गर्ने अहेबमा संक्रमण पुष्टि भएको हो । हाल अस्पतालले दैनिक २० देखि ५० जनाको दरमा कर्मचारीहरुको स्वाब संकलन गरिरहेको छ ।