भारतमा एकैदिन थपिए ५२ हजार बढी कोरोना संक्रमित, ७७५ को मृत्यु

Newslaya Home

भारतमा एकैदिन थपिए ५२ हजार बढी कोरोना संक्रमित, ७७५ को मृत्यु

बिहीबार १५, साउन २०७७

काठमाण्डौ । भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना भाइरसका ५२ हजारभन्दा बढी संक्रमित फेला परेको जनाइएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२ हजार १२३ नयाँ संक्रमित फेला परेका हुन् ।

यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या १५ लाख ८४ हजारनजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामै कोरोना भाइरसको कारण भारतमा ७७५ जनाको मृत्यु भएको पनि जनाइएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ हजार ९६८ पुगेको छ ।