इटहरीमा बिरुवा गोडमेल अभियान सम्पन्न

Newslaya Home

इटहरीमा बिरुवा गोडमेल अभियान सम्पन्न

बिहीबार १५, साउन २०७७

इटहरी । इटहरी उपमहानगरपालिका वातावरण शाखाको आयोजनामा हराभरा प्रकृति , सुपर समृद्धि भन्ने मुल नाराका साथ बिहिबार (आज) बिरुवा गोडमेल अभियान सम्पन्न भएको छ ।

लविपुर चोक बाट तरहरा सम्म पुग्ने बाटो वरिपरि रोपिएको विभिन्न फलफूलका बिरुवालाई २ घन्टामा २ हजार बिरुवा गोडमेल गर्ने लक्ष्यका साथ बिहान ७ बजे बाट सुरु भएको अभियान ९ बजे सम्पन्न भएको हो ।

अभियानमा पुर्व कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री तथा नेकपा केन्द्रिय सदस्य माननीय राम कुमारी चौधरी , इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी , जनप्रतिनिधिहरु , नगर प्रहरी, लायन्स क्लब इटहरी एक्टिभ क्लब साथै स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

इटहरी –१९ का वडा सचिब सुरेश कार्कीले बिरुवा रोप्ने अभियान पहिले बाटै सुरु भएपनि बिरुवा हुर्कन न सकेकोले यो बर्ष बाट रोपिएको सम्पुर्ण बिरुवा हुर्काउने अभियानका रुपमा सुरुवात गरेर भबिस्यमा पनि यो अभियान लाई निरन्तरता दिने बताए ।