समन्वय गरेर मात्रै बिरामी पठाउन विपी प्रतिष्ठानको आग्रह

Newslaya Home

समन्वय गरेर मात्रै बिरामी पठाउन विपी प्रतिष्ठानको आग्रह

बिहीबार १५, साउन २०७७

काठमाण्डौ । विपी प्रतिष्ठान धरानले समन्वय गरेर मात्रै बिरामी पठाउन आग्रह गरेको छ ।

कोरोनाका कारण आईसीयू भरिभराउ रहेकोले समन्वय नगरी बिरामी नल्याउन प्रतिष्ठानले आग्रह गरेको हो । कोरोना भाइरस सङ्क्रमित एवं सङ्क्रमित हुनसक्ने संकास्पद व्यक्तिहरुलाई एम्बुलेन्स चालकले एक्कासि इमर्जेन्सी तथा आईसोलेशन वार्डमा ल्याएर छाडिदिने गरेकाले बारम्बार समस्या सिर्जना भएको प्रतिष्ठानले जनाएको छ ।

प्रदेश १ मा प्रतिष्ठान र कोशी अस्पतालमा कोरोना सङ्क्रमितका लागि आईसीयू सेवा उपलब्ध भएकाले बिरामीलाई रिफर गर्दा समन्वय गर्न अस्पतालका निर्देशक प्रा. डा. गौरिशंकर शाहले आग्रह गरेका हुन् ।