सुनको मूल्य बढ्ने क्रम जारी

Newslaya Home

सुनको मूल्य बढ्ने क्रम जारी

बिहीबार १५, साउन २०७७

काठमाडौं । आज (बिहीबार) सुनको मूल्य तोलाको ९९ हजार पुगेको छ।

यो हालसम्मकै महंगो मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुनको मूल्य ९८ हजार ५६० तोकिएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रहेको छ ।