इन्जिनियरलाई कोरोना भएपछि इटहरीको आकस्मिक बैठकः वडा कार्यालय बन्द गरी स्वाब परीक्षण

Newslaya Home

इन्जिनियरलाई कोरोना भएपछि इटहरीको आकस्मिक बैठकः वडा कार्यालय बन्द गरी स्वाब परीक्षण

बिहीबार १५, साउन २०७७

इटहरी । इटहरी उपमहानगरपालिकाका इन्जिनियरलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै इटहरी उपमहानगरपालिका कार्यालय र सबै वडा कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

पहिलो चरणमा उपमहानगर र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाब परीक्षण गर्ने र अवस्था हेरेर मात्र कार्यालय खोल्ने निर्णय गरिएको छ ।

इटहरी भित्र लाग्दै आएको हाटबजार पूर्ण रूपमा बन्द गर्ने, बाहिरी पसल, होटेल तथा व्यवसायलाई पनि नियन्त्रण गरिने निर्णय भएको छ ।