झापामा डुबे खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

Newslaya Home

झापामा डुबे खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

बिहीबार १५, साउन २०७७

झापा । झापाको डुबे खोलाले बगाएर एक जनाको ज्यान गएको छ ।

बुधबार दिउँसो श्रीमती र अन्य साथीहरुसंगै दहिझोडा सामुदायिक वन तर्फ गएका संखुवासभा घर भई झापाको अर्जुनधारा नगरपालिका–४ बस्ने ३० बर्षीय सुगम राईलाई बाटोमा रहेको डुबे खोलाले बगाएको हो ।

खोला तर्ने क्रममा अचानक बगाउँदा मृत्यु भएको हो । राईलाई संगै गएका साथीहरुले नै मृत अवस्थामा उद्धार गरी प्रहरीमा खबर गरेसंगै प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाकै कन्काई नगरपालिका–४ का २७ बर्षीय कमल मुखिया माई खोलामा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् ।
बुधबार दिउँसो उक्त खोलाबाट दाउरा निकाल्ने क्रममा राई बेपत्ता भएको र उनको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।