आज देखि देशभरका होटल सञ्चालनमा

Newslaya Home

आज देखि देशभरका होटल सञ्चालनमा

बिहीबार १५, साउन २०७७

काठमाडौँ । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल व्यवसाय सञ्चालनमा आउने भएको छ ।

चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् ।

सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि नेपालको होटल खुला छ भन्ने सन्देश दिने उद्देश्यसहित होटल सञ्चालन हुन लागेको होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए ।

आजदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने भए पनि तारे होटलले भने १० प्रतिशत मात्र सेवा सञ्चालन गर्ने भएका छन् ।