इटहरी उपमहानगरपालिकाका एक कर्मचारीमा कोरोना देखियो, पुनःपरीक्षण गरिने

Newslaya Home

इटहरी उपमहानगरपालिकाका एक कर्मचारीमा कोरोना देखियो, पुनःपरीक्षण गरिने

बिहीबार १५, साउन २०७७

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

केही दिन अगाडि गरिएको पीसीआर परीक्षणमा उपमहानगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । तथापि, आधिकारिक सूचना भने आउँन बाँकी रहेको उपमेयर लक्ष्मी गौतमले बताईन् ।

पाँच जना कर्मचारी मध्य एकजनाको संकास्पद रिपोर्ट आएको बताइएको छ । ती कर्मचारीको पुनःपरीक्षण गर्ने तयारी भईरहेको जनाइएके छ ।