प्रदेश एकमा पहिलो पटक कोरोना संक्रमित एक व्यक्तिको मृत्यु

Newslaya Home

प्रदेश एकमा पहिलो पटक कोरोना संक्रमित एक व्यक्तिको मृत्यु

बिहीबार १५, साउन २०७७

धरान । प्रदेश नम्बर एकमा पहिलो पटक एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

बुधबार साँझ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भेन्टिलेटरमा उपचाररत ४५ बर्षीय एक पुरुषको मृत्यु भएको हो ।

कोशी अस्पताल विराटनगरबाट अत्यन्तै सिकिस्त अवस्थामा धरान रेफर गरिएका मोरङ जिल्ला सुनवर्सी गाउपालिका ८ का ४५ वर्षिय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

एम्बुलेन्स चालकको साथमा मात्र ल्याइएको ती बिरामीलाई अस्पतालले समन्वय नगरी पठाएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

खोकी लागेपछि उनलाई विराटनगरस्थित कोशी अस्पतालमा मंगलबार भर्ना गरिएको थियो । अवस्था जटिल बनेपछि बुधबार बिपी प्रतिष्ठान धरान लगिएकोमा उनको मृत्यु भएको हो ।
उनी १० दिनअघि भारतबाट आएको जनाइएको छ ।

योसँगै प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या ३ पुगेको छ भने उनी प्रदेश १ का पहिलो व्यक्ति हुन् । यसअघि मृत्यु भएका २ जना प्रदेश नम्बर २ का थिए ।