मोरङमा आज थप दुई महिला सहित आठ जनामा कोरोना पोजेटिभ

Newslaya Home

मोरङमा आज थप दुई महिला सहित आठ जनामा कोरोना पोजेटिभ

बुधबार १४, साउन २०७७

विराटनगर । मोरङमा थप दुई महिला सहित आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको पीसीआर परिक्षणमा मोरङको विराटनगरका तीन पुरुष, एक महिला, मिक्लाजुङका दुई पुरुष, सुनबर्षीका एक पुरुष र रंगेलीकी एक महिलाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

थपिएका संक्रमित मध्ये वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको, कोशी अञ्चल अस्पताल विराटनगरमा तीन जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा दुई जनाको कोरोना परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये मोरङका आठ र सुनसरीका एक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ७५ पुगेको छ ।
बुधबार ८ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको मध्ये २ महिला र ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए ।