धरानमा आज थप एक पुरुषमा कोरोना पुष्टि

Newslaya Home

धरानमा आज थप एक पुरुषमा कोरोना पुष्टि

बुधबार १४, साउन २०७७

विराटनगर । सुनसरीको धरानमा थप एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परिक्षणमा धरानका एक पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

प्रदेश १ मा आज थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये मोरङका आठ र सुनसरीका एक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ७५ पुगेको छ ।
बुधबार ८ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको मध्ये २ महिला र ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए ।