नेपालमा आज थप २१० जनामा कोरोना संक्रमण पुष्टि

Newslaya Home

नेपालमा आज थप २१० जनामा कोरोना संक्रमण पुष्टि

बुधबार १४, साउन २०७७

काठमाडौं । नेपालमा बुधबार थप २१० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणमा २१० जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कोरोनाका सक्रिय बिरामीको संख्या ५ हजार २०३ पुगेको छ । पछिल्लो २४ घन्टामा १४६ जनाले कोरोना जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना जित्नेको कुल संख्या १४ हजार २१ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।