ओखलढुंगाको मोलुङ खोलामा एक व्यक्ति मृत फेला

Newslaya Home

ओखलढुंगाको मोलुङ खोलामा एक व्यक्ति मृत फेला

बुधबार १४, साउन २०७७

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका–४ मोलुङ खोलामा एक व्यक्ति फेला परेका छन् ।

मोलुङ गाउँपालिका ३ स्थाई घर भएका अन्दाजी ३१ वर्षीय छबि दाहाल बुधबार बिहान खोलाको किनारमा मृतावस्थामा फेला परेका हुन् ।

मंगलबार दिउँसो घरपरिवारलाई बिना जानकारी घरबाट निस्किएका उनलाई बुधबार बिहान मृतावस्थामा खोलाको किनारमा आफन्तले फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

मानसिक सन्तुलन कमजोर भएका दाहाललाई खोलामा मृतावस्थामा फेला पारेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खबरलगत्तै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रकृया पुरा गरेर शवलाई पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइसकेको जनाइएको छ ।