इनफ इज इनफ अभियानका पाँच जना अभियन्ता पक्राउ

Newslaya Home

इनफ इज इनफ अभियानका पाँच जना अभियन्ता पक्राउ

बुधबार १४, साउन २०७७

काठमाडौं । ‘इनफ इज इनफ’ अभियानका पाँच जना अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार दिउँसो गृह मन्त्रालयमा प्रवेश गर्नका लागि सिंहदरबारको दक्षिण गेटमा भेला भएका उनीहरूलाई पक्राउ गरिएको हो ।

निषेधित क्षेत्रमा भेला भई भित्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

अभियन्ताहरू गृह मन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गराउन गएका बेला पक्राउ परेको विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए ।