अमेरिकामा कोरोनाका कारण एकैदिन एक हजार ५९२ जनाको मृत्यु

Newslaya Home

अमेरिकामा कोरोनाका कारण एकैदिन एक हजार ५९२ जनाको मृत्यु

बुधबार १४, साउन २०७७

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण गएको २४ घण्टामा १ हजार ५९२ जनाको मृत्यु भएको जनाइएको छ ।

गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ। सोही अवधिमा अमेरिकामा ६० हजार कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएको पनि जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ।

अमेरिकामा हालसम्म ४४ लाख ९८ हजार ३४३ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ।