आजदेखि विपी प्रतिष्ठान धरानमा लकडाउन

Newslaya Home

आजदेखि विपी प्रतिष्ठान धरानमा लकडाउन

बुधबार १४, साउन २०७७

धरान । सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लकडाउन गरिएको छ ।

प्रतिष्ठानमा कोरोना भाइरस संक्रमण रोकथामका लागि बुधबार (आज) देखि अर्को सूचना जारी नहुञ्जेलसम्म लकडाउन गरिएको हो ।

शिक्षक/कर्मचारी/विद्यार्थीलगायतले अनिवार्य रूपमा लकडाउन पालना गर्न रजिष्ट्रार प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीले सूचना निकालेर जानकारी गराएका छन् ।

प्रतिष्ठानको आवास तथा छात्रबासमा रहेका शिक्षक/कर्मचारी र तिनका आश्रित परिवारलगायत विद्यार्थीहरूलाई अत्यावश्यक काममा बाहेक आफ्नो निवास बाहिर नजान आग्रह गरिएको छ । प्रतिष्ठान बाहिर जानु परेमा प्रतिष्ठानबाट पूर्वस्वीकृति लिन अनुरोध गरिएको छ । पूर्वस्वीकृतिबिना गएको भेटिए कारबाही गरिने जनाइएको छ ।

रजिष्ट्रारले निकालेको सूचनामा ‘प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिँडडुल गरेको पाइएमा सुरक्षाकर्मीबाट कारबाही हुनेछ,’ उल्लेख छ ।