सोलुखुम्बुमा तास खेली रहेको अवस्थामा २९ लाखको चेक सहित चार जना पक्राउ

Newslaya Home

सोलुखुम्बुमा तास खेली रहेको अवस्थामा २९ लाखको चेक सहित चार जना पक्राउ

बुधबार १४, साउन २०७७

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–५ गणेश राईको घरमा तास खेलि रहेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा सोताङ गाउँपालिका–४ का ३७ बर्षीय दुर्गा प्रसाद राई, सोताङ गाउँपालिका–२ का ३४ बर्षीय दुर्गा प्रसाद राई, थुलुङ दुधकोशी गाउँपालिका–७ का २९ बर्षीय दिपक राई र ३२ बर्षीय फ्रेमराज राईलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

तासको खालबाट प्रहरीले नगद १४ लाख ६५ हजार र ३४ बर्षीय दुर्गा प्रसाद राईको नाममा रहेको चेकमा दिपक राईको नाम उल्लेख गरी ३ थान चेकमा ८ लाखको दरले र १ थान चेकमा ५ लाख रुपैयाँ लेखी सही गरेको ४ थान चेक (२९ लाख) समेत बरामद गरेको छ ।
पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।