विपि प्रतिष्ठानका डाक्टरका श्रीमान र प्रतिष्ठानबाट डिस्चार्ज भएका विरामीमा कोरोना संक्रमण

Newslaya Home

विपि प्रतिष्ठानका डाक्टरका श्रीमान र प्रतिष्ठानबाट डिस्चार्ज भएका विरामीमा कोरोना संक्रमण

बुधबार १४, साउन २०७७

धरान। विपि प्रतिष्ठानका एक डाक्टरका श्रीमान र प्रतिष्ठानमा उपचार पछि डिस्चार्ज भएका एक विरामीमा कोरोना संक्रमण देखिएको छ । सर्जरी युनिट १ बाट डिस्चार्ज भएका विराटनगरका एक विरामीमा कोरानो संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

संक्रमित विरामी निको भएर डिस्चार्ज भएपछि कोरोना परिक्षणको रिपोर्टमा संक्रमण देखिएको हो । रिपोर्ट आए लगात्तै उक्त विरामीको उपचारमा खटिएका डाक्टर, नर्स र नजिकका विरामीहरुको कन्ट्याक ट्रेसिङ भइरहेको जनाइएको छ ।

संक्रमित व्यक्तिलाइ विराटनगर कै आइसुलेसनमा लगिएको जनाइएको छ ।