करेन्ट लागेर विराटनगरका कामतको मृत्यु

Newslaya Home

करेन्ट लागेर विराटनगरका कामतको मृत्यु

बुधबार १४, साउन २०७७

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारी चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा विराटनगर –११ का ३२ वर्षीय गोपाल कामतको बुधबार (आज) मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । शंकरप्रसाद गुप्ताको मिठाइ पसलको घाम छेक्न टेन्ट टाँग्ने काम गरिरहेका बेला हाइटेन्सन लाइन छुन गइ कामतलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर घाइते भएका कामतको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।