कल्भडमा आएको बाढीले बगाउँदा धरानका राइको मृत्यु

Newslaya Home

कल्भडमा आएको बाढीले बगाउँदा धरानका राइको मृत्यु

बुधबार १४, साउन २०७७

उदयपुर । उदयपुरको बेलका – ३ भोटेपुल नजिक कल्भडमा आएको बाढीले बगाएर बेपत्ता भएका एक पुरुष मृत फेला परेका छन् । मृत्यु हुनेमा धरान–५ का ३५ बर्षीय कर्ण बहादुर राई रहेका छन् ।

साउन १२ गते धरानबाट तरकारी खेति लगाउन बेलका नगरपालिका– ३ सिसौली टप्पु गएका राई श्रावण १३ गते राती घर फर्कदै गर्दा उक्त कल्भडमा आएको बाढीले बगाउदा बेपत्ता भएका थिए ।

राई बेपत्ता भएको खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बुधबार (आज) बिहान बगाएको स्थान भन्दा करिव ५०० मिटर दक्षिणमा मृत अवस्थामा फेला पारिएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।