विश्वमै सबैभन्दा बढी माग रहेको लागुऔषध मेथान्टामाइनसहित मोरङका पोखरेल पक्राउ

Newslaya Home

विश्वमै सबैभन्दा बढी माग रहेको लागुऔषध मेथान्टामाइनसहित मोरङका पोखरेल पक्राउ

बुधबार १४, साउन २०७७

विराटनगर । मोरङबाट प्रहरीले खतरनाक लागुऔषध मेथान्टामाइन सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पोखरेलका साथबाट ५३० ग्राम ९३ मिलिग्राम लागुऔषध बरामद भएको छ।

लागुऔषधसहित पक्राउ परेका पोखरेल व्यवसायी भएको खुलेको छ। विशेष सूचनाका आधारमा मोरङ प्रहरीले लागुऔषध कारोबारी पोखरेललाई पक्राउ गर्नका लागि लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली परिचालन गरेका थिए।

परिचालित टोलीले विराटनगर महानगरपालिका–२ बरगाछीबाट लागुऔषधसहित कारोबारमा संलग्न पोखरेललाई मंगलबार साँझ पक्राउ गरेको हो।

प्रहरीका अनुसार बरामद भएको लागुऔषधको विश्वमै सबैभन्दा बढी माग रहेको छ। मेथान्टामाइन आइस विश्वमा दुर्व्यसनीले सबैभन्दा बढी रुचाएको केमिकल ड्रग्स भित्र पर्ने प्रहरीले जनाएको छ ।

यसको अन्तर्राष्ट्रिय मूल्य प्रतिग्राम ८० डलरभन्दा बढी रहेको प्रहरीको भनाइ छ। पक्राउ परेका पोखरेलले केही समयदेखि यसको कारोबार सुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।