सुनको भाउमा अर्को रेकर्ड

Newslaya Home

सुनको भाउमा अर्को रेकर्ड

बुधबार १४, साउन २०७७

काठमाण्डौ । सुनको भाउ बुधबार (आज) फेरि बढेर रेकर्ड बनाएको छ ।

आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदी भने आज तोलामा २० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।