लीला सिटौलाले आज सांसद पदको शपथ लिदै

Newslaya Home

लीला सिटौलाले आज सांसद पदको शपथ लिदै

बुधबार १४, साउन २०७७

काठमाडौं । जनता समाजवादी पार्टीबाट सांसद बन्न लागेकी लीला सिटौलाले आज (बुधबार) सपथ लिँदैछिन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे उनलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको जनाइएको छ ।

तत्कालीन संघीय समाजवादी पार्टीले सरिता गिरीलाई प्रतिनिधि सभाबाट हटाएपछि उनको स्थानमा लीलादेवी सिटौला सांसद बनाइएको हो ।