दाङमा पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु

Newslaya Home

दाङमा पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु

बुधबार १४, साउन २०७७

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा घरमाथिबाट आएको पहिरोमा पुरिँदा गएराति दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेमा बंगलाचुली गाउँपालिका–५ साकिने बस्ने २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्मा नेपाली रहेका छन् ।

बुधबार बिहान ३ बजेतिर घरमाथिको कान्ला भत्केर घर पुरिँदा उनीहरुको ज्यान गएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।