नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Newslaya Home

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बुधबार १४, साउन २०७७

डोटी । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका–३ का ६५ वर्षका एक वृद्ध रहेका छन् ।

गत असार २४ गते भारतबाट रोजगारी गरी गाउँकै क्वारेन्टाइनमा १४ दिन बस्दा कोरोनाको कुनै लक्षण नदेखिएपछि उनलाई घर पठाइएको थियो । अकस्मात् स्वास्थ्य समस्या आउँदा मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् ।

मृत्युपश्चात् गरिएको कोरोना परीक्षणबाट आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको देखिएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले जानकारी दिए । योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।