कोरोना संक्रमित भारतीयको कारण जोखिममा नेपाल

Newslaya Home

कोरोना संक्रमित भारतीयको कारण जोखिममा नेपाल

बुधबार १४, साउन २०७७

काठमाडौ । भारतमा कोरोना भाइरस संक्रमित संख्या १५ लाख नाघेको छ । पछिल्लो १२ दिनमा मात्र ५ लाख नयाँ संक्रमित थपिएका छन् भने मंगलवार एकै दिन भारतमा ७ सय ८१ जनाको मृत्यु भएको छ ।

मंगलवार मात्रै ४९ हजार २ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिका र ब्राजिलपछि भारत विश्वमै सबैभन्दा धेरै संक्रमित हुने मुलुक भएको छ ।

नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, बिहार र वंगालमा पनि संक्रमितको संख्या बढिरहेको छ। उत्तर प्रदेशमा मंगलवारमात्रै ३ हजार ४ सय ९० जनामा संक्रमण देखियो भने बिहारमा २ हजार ४ सय ८० जनामा। वंगालमा २ हजार १ सय ३४ जनामा संक्रमण देखियो। बिहार र उत्तर प्रदेश नेपालसँग जोडिएका प्रमुख ठूला भारतीय राज्यहरु हुन्।

यी दुवै राज्यबाट नै औपचारिक र अनौपचारिक रुपमा आवतजावत हुने गर्छ। प्रदेश नम्बर २ र ५ मा संक्रमण फैलिनुमा भारतका यी दुई राज्यबाट खुलेआम छिर्ने भारतीयहरु नै कारकको रुपमा देखिएका छन् ।