अब टेलिफोन सेवा महँगियो, सिम कार्ड र रिचार्जमा २ प्रतिशत कर लाग्ने

Newslaya Home

अब टेलिफोन सेवा महँगियो, सिम कार्ड र रिचार्जमा २ प्रतिशत कर लाग्ने

बुधबार १४, साउन २०७७

काठमाडौं । मोबाइल प्रयोगकर्ताले प्रत्येक रिचार्ज र सिमकार्डमा २ प्रतिशत बढी कर तिर्नुपर्ने भएको छ ।

नयाँ आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिमकार्ड र रिचार्ड कार्डमा २ प्रतिशत मोबाइल स्वामित्व शुल्क लिने ब्यवस्था अनुसार यस्तो कर लगाइएको हो ।

दुई बर्षअघिको बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत कर बढाएको भनी आलोचित अर्थमन्त्री खतिवडाले यो पटकको बजेटमा रिचार्ड र सिम कार्डमा पनि २ प्रतिशत कर बढाएका हुन् ।