सीमामा थप कडाइ गर्न मुख्यमन्त्री राउतको निर्देशन

Newslaya Home

सीमामा थप कडाइ गर्न मुख्यमन्त्री राउतको निर्देशन

मङ्गलबार १३, साउन २०७७

विरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमणललाई फैलिन नदिन सीमामा थप कडाइ गर्न निर्देशन दिएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघको आयोजनामा भएको छलफलमा उनले कोरोना नियन्त्रणका लागि सरकारले सबै सहयोग गर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले संघ, प्रदेश र स्थानीय सरकारलगायत सरोकारवाला पक्षको उदासिनताका कारण वीरगन्जमा कोरोनाको संक्रमण समुदाय स्तरमा पुगेको आरोप लगाएका थिए ।