सुशान्तका पिताले दिए रिया चक्रवर्तीविरुद्ध उजुरी

Newslaya Home

सुशान्तका पिताले दिए रिया चक्रवर्तीविरुद्ध उजुरी

मङ्गलबार १३, साउन २०७७

काठमाडौँ । बलिउड अभिनेता सुशान्तसिंह राजपुतका पिता केके सिंहले रिया चक्रवर्तीविरुद्ध पटना प्रहरीमा उजुरी दिएका छन् । रियाले सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै सुशान्तका बुबाले उजुरी दिएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

सुशान्तले गत जुन १४ मा बान्द्राको आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए ।

सुशान्तको आत्महत्यापछि विवादमा तानिएकी उनकी प्रेमिका रियाको बयान पनि गत महिना प्रहरीले लिएको थियो । अनुसन्धानका क्रममा यो मुद्दामा ४० भन्दा बढी व्यक्तिहरुको बयान लिइसकेको छ । फिल्मकर्मी सञ्जयलीला भन्साली, आदित्य चोपडा, महेश भट्ट, करण जौहरको धर्मा प्रोडक्सनका सिइओ अपूर्व मेहतालगातको बयान प्रहरीले लिइसकेको छ ।

पछिल्लो समय रियाले ट्वीटरमा आफूलाई सुशान्तको मृत्युको दोष लगाउँदै बलात्कारको धम्की आएको भन्दै गृहमन्त्रीसमक्ष कारबाही माग गरेकी थिइन् ।