मृत्यु संस्कारमा खीर खाँदा ३४ जना बिरामी

Newslaya Home

मृत्यु संस्कारमा खीर खाँदा ३४ जना बिरामी

मङ्गलबार १३, साउन २०७७

बुटवल । पाल्पाको रामपुर नगरपालिका–७ मा खीर खाँदा ३४ जना बिरामी परेका छन् । रामपुर ७ मोहटीस्थित मृत्यु संस्कारमा सहभागी भएकाहरु बिरामी भएको रामपुर अस्पताल पाल्पाले जनाएको छ ।

सय जनाभन्दा धेरैले आइतबार खीर खाएको हुनसक्ने र बिरामी निरन्तर थपिदै गएको रामपुर अस्पतालले जनाएको छ ।

उनीहरुले आईतबार खीर खाएपनि आज बिरामी भएर अस्पताल आएपछि घटना बाहिर आएको हो । अहिलेसम्म २७ जनालाई थप उपचारको लागि लुम्बिनी मेडिकल प्रभासमा ल्याएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै, ७ जनाको भने रामपूरमै उपचार भइरहेको छ ।

बिरामीमा टाउको दुख्ने, ज्वारो आउने, पेट दुख्ने, वान्ता हुनेलगायतको समस्या देखिएको प्रहरीले जनाएको छ ।