पूर्वजर्नेल कुलबहादुर खड्काको निधन

Newslaya Home

पूर्वजर्नेल कुलबहादुर खड्काको निधन

मङ्गलबार १३, साउन २०७७

काठमाडौं । नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको मंगलबार दिउँसो निधन भएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत पूर्वरथी खड्काको उपचारका क्रममा आज दिउँसो निधन भएको अस्पतालका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले बताए ।

खड्का क्यान्सरका बिरामी थिए । केही दिनअघि नर्भिक अस्पताल ल्याइएका उनको त्यसअघि मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको थियो ।

खड्का चर्चित ‘कटवाल प्रकरण’का प्रमुखमध्येका एक पात्र हुन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०६६ सालमा प्रधानसेनापति रुक्मांगद् कटवाललाई बर्खास्त गर्दै खड्कालाई प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको थियो ।

तर, सत्तासाझेदार तत्कालीन नेकपा एमालेलगायतका दलले नै यो निर्णयमा आपत्ति जनाउँदै सरकार छाडेपछि राष्ट्रपति डा. रामवरण यादवले कटवाललाई नै प्रधानसेनापतिमा थमौती गरेका थिए । यो प्रकरणपछि पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।