मोरङमा ६ महिला सहित १७ जनामा कोरोना पुष्टि

Newslaya Home

मोरङमा ६ महिला सहित १७ जनामा कोरोना पुष्टि

मङ्गलबार १३, साउन २०७७

विराटनगर । मोरङमा थप ६ महिला सहित १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको परिक्षणको क्रममा मोरंगको विराटनगरका ११ पुरुष र ५ महिला, कटहरीका १ महिलामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

थपिएका संक्रमितमध्ये १६ जनाको कोशी अञ्चल अस्पतालमा र एक जनाको प्रादेशिक जनास्वास्थ्य प्रयोगशाला विराटनगगरमा नमुना परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका संक्रमित मध्ये मोरंगका १७, झापाका ३ र ओखलढुङ्गाका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।