उदयपुरमा ८ वर्षीया बालिकामाथि अनैतिक कार्य गर्न खोज्ने युवक पक्राउ

Newslaya Home

उदयपुरमा ८ वर्षीया बालिकामाथि अनैतिक कार्य गर्न खोज्ने युवक पक्राउ

मङ्गलबार १३, साउन २०७७

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १२ स्थित बालिकामाथि अनैतिक कार्य गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् ।

८ वर्षीया बालिकालाई ललाई फकाई अनैनिक कार्य गर्न खोजेको आरोपमा चौदण्डीगढी–१० खैराझोरा घर भई त्रियुगा नगरपालिका १२ त्रिवेणी टोल बस्ने १८ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित मकै बारीमा लगेर अनैतिक कार्य गर्न खोजेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।