इटहरी अस्पताललाई स्कील क्याम्पसको सहयोग

Newslaya Home

इटहरी अस्पताललाई स्कील क्याम्पसको सहयोग

मङ्गलबार १३, साउन २०७७

इटहरी । इटहरीस्थित इटहरी अस्पताललाई स्कील क्याम्पसले पीपीइ लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

उपमेयर लक्ष्मी गौतममार्फत् क्याम्पसका सञ्चालक पृथ्वी पराजुलीले सामाग्री हस्तान्तरण गरेका हुन् । १२ थान पीपीइसँगै एन ९५ मास्क र साधारण मास्कलगायत १ लाख रुपैया बराबरको सामाग्री हस्तान्तरण गरेको पराजुलीले बताए ।

कोरोना भाइरसको कारण जोखिममा रहेका स्वास्थ्यकर्मीहरुको लागि सामाग्री हस्तान्तरण गरेको उनले बताए । सामाग्री लिँदै उपमेयर गौतमले सामाग्रीले स्वास्थ्यकर्मीलाई उपचार गर्न सहज हुने बताइन् । उनले स्वास्थ्य सामाग्रीको उपलब्धता अझै आवश्यकताअनुसार नभएको बताउँदै निजी क्षेत्रको सहयोगले प्रोत्साहन मिलेको बताइन् ।

क्याम्पसले होटल मेनेजमेन्टका विभिन्न छोटो अवधिका तालिमहरु सञ्चालन गरिरहेको छ भने तीन वर्षदेखि प्लस टुसमेत सञ्चालन गरेको छ । क्याम्पसमा अध्ययन गरेका कतिपय विद्यार्थीहरु नेपाल तथा विदेशका विभिन्न स्तरीय होटलहरुमा काम गरिरहेका छन् ।

1 प्रतिकृयाहरू प्राप्त
  • Gyano raiलेख्नुहुन्छ
  • |
  • बुधबार १४, साउन २०७७
यस्तो सहयोगी भावना सबैको भै दिये देश कति सुन्दर हुन्थ्यो होला......