ओखलढुङ्गामा थप एक पुरुषमा कोरोना देखियो

Newslaya Home

ओखलढुङ्गामा थप एक पुरुषमा कोरोना देखियो

मङ्गलबार १३, साउन २०७७

विराटनगर । ओखलढुङ्गामा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार प्रादेशिक जनास्वास्थ्य प्रयोगशाला विराटनगगरमा गरिएको परिक्षणको क्रममा ओखलढुङ्गाको सिद्धिचरणका एक पुरुषको रिपोर्ट पोजेटिभ देखिएको हो ।

प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका संक्रमित मध्ये मोरंगका १७, झापाका ३ र ओखलढुङ्गाका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।