फोटो पसल प्रालिद्धारा कोभिड १९ फोटो प्रतियोगिताको आयोजना

Newslaya Home

फोटो पसल प्रालिद्धारा कोभिड १९ फोटो प्रतियोगिताको आयोजना

मङ्गलबार १३, साउन २०७७

काठमाडौं । फोटो पसल प्रालिद्धारा आयोजित कोभिड १९ फोटो प्रतियोगिताको पोस्टर सार्वजनिक भएको छ ।

कोभिड १९ बाट नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता संगै कोभिड १९ को असर र प्रभावलाई इतिहासमा भावि पुस्तालाई दस्तावेज तयार गर्ने लक्ष्यले प्रतियोगिताको आयोजना गरिएको हो ।


उक्त ‘कोभिड १९ फोटो प्रतियोगीता’ मा देश तथा विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार एवं फोटोग्राफी सम्बन्धी रुची राख्ने नेपालीले समेत निशुल्क प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

तर प्रतियोगितामा फोटो पठाउदा एक प्रतियोगिले मात्र २ वटा फोटो पठाउन पाइने, आफैले खिचेको फोटो तर म्यानुपुलेट नभएको हुनुपर्ने, फोटोमा लोगो वा फोटोग्राफरको नाम हुन नहुने, फोटो कोभिड भित्र खिचिएको सुचना, जनचेतना, समाचार, संन्देशमुलक हुनु पर्ने कार्यक्रम संयोजक हरि पाण्डेले जानकारी दिए ।

www.facebook.com/samyakdiagnostic, www.samyakdiagnostic.com को मुख्य सहयोग तथा ओके दाम प्रालि र सुपर डिजिटल कलर ल्यावको सहयोगमा हुन लागेको प्रतियोगितामा बिजेता छनोटका लागि आयोजक कमिटिले वरिष्ट फोटोग्राफर, वरिष्ठ फोटो पत्रकार सहितका ३ सदस्यीय निर्णायक मण्डलले उत्कृष्ट फोटो छनोट गर्दै भाद्र ३ गते नतिजा घोषित गर्दै प्रथम पुरस्कार रू २५ हजार, दोस्रो पुरस्कार रू १० हजार र तेस्रो पुरस्कार रू ५ हजार सम्मान स्वरूप प्रदान गर्ने फोटो पसलले जनाएको छ ।

कोभिडको कारण अत्याधिक जमधट नहोस भनेर उक्त कार्यक्रम अनलाइन बाट भर्चुअल माध्यमबाट गरिने उक्त प्रतियोगितामा सहभागी हुन चाहनेले कोभिड–१९ सम्वन्धि जनचेतना, सुचना एवं यसको प्रभावलाइ उजागर गराउने विषय वस्तुमा केन्द्रित रहेका फोटो साउन २८ गते बुधवार सम्म फोटो पसल प्रालिको आधिकारिक पेजमा रहेको मेलमा आफ्नो नाम, ठेगाना र सम्पर्क नं पठाइसक्नु पर्नेछ ।