नेपालमा फेरि बढ्दै कोरोना संक्रमित, आज थप ३११ जनामा कोरोना पुष्टि

Newslaya Home

नेपालमा फेरि बढ्दै कोरोना संक्रमित, आज थप ३११ जनामा कोरोना पुष्टि

मङ्गलबार १३, साउन २०७७

काठमाडौं । नेपालमा आज थप ३११ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।

मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परिक्षणको क्रममा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनामा गरिएको पिसिआर परीक्षण मध्ये ३ सय ११ जना संक्रमित थपिएको हो । यो सँगै नेपालमा संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए ।

आजै १ सय २१ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म कोरोना मुक्त हुनेको संख्या १३ हजार ८ सय ७५ रहेको छ । कोरोना संक्रमणका कारण हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ ।