नेकपा दुर्घटना नजिक देखियो : योगेश भट्टराई

Newslaya Home

नेकपा दुर्घटना नजिक देखियो : योगेश भट्टराई

मङ्गलबार १३, साउन २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना नजिक देखिएको बताएका छन् ।

मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक स्थगित गर्दागर्दै इतर समूहले बैठकलाई निरन्तरता दिएपछि भट्टराईले पार्टी दुर्घटना नजिक देखिएको बताएका हुन् ।

भट्टराईले ट्वीटरमार्फत भनेका छन्– ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौं’ । नेकपाभित्र विवाद उग्र बन्दा ओली इतर समूहले स्थायी समिति बैठकलाई निरन्तरता दिएको छ ।
बिहान प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेको भएपनि त्यसलाई अस्वीकार गर्दै इतरसमूहले बैठकलाई निरन्तरता दिएको हो ।