‘आऊ बिथोल मन’

Newslaya Home

‘आऊ बिथोल मन’

मङ्गलबार १३, साउन २०७७

ज्यान लिन त धोका नै अधिक हुदोरहेछ
मन बिथोल्न तिमी नै चाहिने भएको छ ।।

बिथोल मन, गर प्रहार हासी सहुला म
मिल्छ खुशी तिमीलाई भने डाँडै काटुला म ।।

स्नेहको जल भनी विष खुवाई गयौ तिमी
विश्वास गरी पिइदिए मैले खुशी थ्यौ तिमी ।।

कटाउन समय भनी लगाएकी रैछौ तिमीले माया
साचो माया लगाएको मैले रैछ कालो छाँया ।।

रची नाटक थापेको जाल चिन्न नसक्नु भुलरहेछ
अभ्यस्त मेरो मन बिथोल्न तिमी नै चाहिने भएको छ ।।

गजलकारः निशान खत्री