ताप्लेजुङमा जबरजस्ती करणीे प्रयास गरेको आरोपमा एक पक्राउ

Newslaya Home

ताप्लेजुङमा जबरजस्ती करणीे प्रयास गरेको आरोपमा एक पक्राउ

मङ्गलबार १३, साउन २०७७

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ बाट जबरजस्ती करणीे प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

आइतबार बिहान सोही ठाउँस्थित जंगलको गोरेटो बाटोमा १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा स्थानीय ३३ वर्षीय दिल कुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।