कोरोनाबाट भारतमा एक नेपालीको मृत्यु

Newslaya Home

कोरोनाबाट भारतमा एक नेपालीको मृत्यु

मङ्गलबार १३, साउन २०७७

काठमाण्डौ । सुदूरपश्चिम घर भई हाल भारत बस्दै आएका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।

बझाङको दुर्गाथली गाउँपालिका–२ घर भई हाल भारतको बेङलोरमा बस्दै आएका अन्दाजी ४५ वर्षीय पुरूषको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

परिवारका सदस्यले दिएको जानकारी अनुसार उनको सोमबार मृत्यु भएको हो। केही दिन अघि मात्रै उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
मृतकका दुई छोरा र दुई छोरी छन्। उनी परिवारसहित भारतमा बस्दै आएका थिए।