विराटनगरमा थप १८ जनामा कोरोना पुष्टि

Newslaya Home

विराटनगरमा थप १८ जनामा कोरोना पुष्टि

मङ्गलबार १३, साउन २०७७

विराटनगर । विराटनगरमा थप १८ जनामा कोरोना पुष्टि भएको छ। महानगरपालिकाले सचेत रहन आग्रह गर्दै समुदायस्तरमा संक्रमण फैलिएको जनाइरहदाँ मंगलबार १८ जनामा संक्रमण पुष्टि भएको हो।

१३ जना पुरुष र ५ जना महिलामा कोरोना संक्रमण देखिएको जनाइएको छ । यसक्रममा महानगरको विभिन्न वडाका ८ जना, विराटनगर अस्पतालमा कार्यरत ७ जना, झापाको २ जना रहेका छन्। त्यसैगरि अर्को एकजना संक्रमितको रिपोर्टमा ठेगाना मोरङ विराटनगर मात्र लेखिएको हुनाले पहिचान हुने क्रममा रहेको जनाइएको छ ।

महानगरपालिकाभित्र पहिचान भएका ८ जनामध्ये १ जना होम क्वारेन्टाइनमा बस्दै आएका ब्यक्ती भएको महानगरले जनाएको छ।
यसअघि आइतबार विराटनगरमा एकैपटक १९ जना प्रहरीमा सक्रमण पुष्टि भएको थियो।

महानगरमा हालसम्म ६७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।